हरिवंशले हँसाए, ‘सचिन तन्डुकार’ भन्नु पर्दैन, सन्दिप आइसके’


१० फाल्गुन २०७४, बिहीबार
maha

काठमाण्डौं, १० फागुन : चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले अब नेपालमा नै देशले गर्व गर्न सक्ने खेलाडी उत्पादन भइसकेको बताएका छन् । उनले ‘पहिला पहिला हामीले सचिन तेन्दुलकर नेपाली नि । नेवार हो रे ? भन्थ्यौं कहाँ हुन्छ ? भन्दा तन्डुकार ! पहिले सचिन तन्डुकार, अहिले इण्डियामा गएर तेन्दुलकर भयो । वास्तवमा नेवार हो भनेर अरु देशका मान्छेसँग दाबी गथ्यौं ।’ ‘अब हामीले त्यस्तो दाबी गर्नु पर्दैन । सन्दिप लामिछाने हाम्रो नेपाल हो भन्ने दिन आयो ।’maha

यो बिहीबार क्रिकेटर सन्दिप लामिछानेको सम्मानमा आयोजित कार्यक्रममा चर्चित कलाकार हरिबंश आचार्यले क्रिकेटरहरुको प्रशंसामा खर्चिएका शब्द हुन् । सानिमा बैंकको कार्यक्रममा उद्घोषकले भूलवस मदनकृष्ण आचार्य भनेर सम्बोधन गरेका थिए । हाँस्यकलाकार हरिवंशले त्यसलाई थप रोचक बनाएका थिए । राजनीतिक नेतृत्व फितलो भएपछि पारस खड्काले नेपाली क्रिकेटलाई राम्रो नेतृत्व दिएको भन्दै उनले मञ्चमा रहेका राष्ट्रिय टोलीका कप्तानको प्रशंसा गरे । कार्यक्रममा कप्तान पारसले सन्दिप आईपीएलमा आवद्ध हुनु ऐतिहासिक क्षण भएको बताए ।

अबको ५–१० वर्षमा नेपाल टेष्ट नेशन बन्न सक्ने तर, आजैदेखि काम गर्नु पर्ने बताए । उनले अघि भने, ‘सक्दो प्रयास गर्छौं । इमान्दार भएर यहाँसम्म आएका छौं र आगामी दिनमा आफ्नो देशलाई माथि पुर्‍याउन कोशिस गर्छौं ।’ कार्यक्रममा बैंकले सन्दिपलाई मासिक रुपमा दिइने रकम दोब्बर पार्ने घोषणा गरेको छ । अब सन्दिपले २ वर्षसम्म मासिक ४० हजार पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७