बसभित्र बन्धक बनाएर युवतीमाथि पालैपालो बलात्कार


११ फाल्गुन २०७४, शुक्रबार
rape 1

दमौली, ११ फागुन  : एक २१ वर्षीया युवतीलाई बसभित्रै बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको छ । rape 1

काठमाण्डौं जाने भनि दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाण्डौं नलगी आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पुर्‍याएर बसभित्रै बलात्कार गरेको उजुरी पीडितले दिएकी थिइन् । खोजतलास पश्चात बसका चालक लमजुङ राईनास नगरपालिका–८ घर बताउने ३३ वर्षका बिष्णु सापकोटा तथा सहचालक दाङ बिजौरिया–१ स्थायी घर बताउने ३४ वर्षका वेदराज डाँगीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी उपरीक्षक जोशीले बताएका छन् ।

उनीहरुविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जोशीले बताएका छन् । साँझको समयमा चालक र सहचालकले बन्धक बनाएर बलात्कार गरेपछि युवतीलाई त्यहीं छोडेका थिए । शुरुमा बसमा धेरै मानिस भएको तर मुग्लिनमा सबै झरेपछि बस मोडेर आँबुखैरेनीको ऐनापहरातर्फ मोडेको खुलेको छ । युवतीले बस मोडेको थाहा नपाउँदा फसेको प्रहरीको भनाई छ । युवतीले घटनाको भोलिपल्ट मौखिक उजुरी दिएपछि तनहुँ प्रहरीले दोषीको खोजतलास थालेको र चालक तथा सहचालक दुवैलाई चितवनको नारायणगढबाट पक्रिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७