विश्वकप छनौटका लागि नेपाली टोली भोलि जिम्बाबे उड्ने, यस्तो छ लक्ष्य


११ फाल्गुन २०७४, शुक्रबार
ta

काठमाण्डौं, ११ फागुन : विश्वकप छनोट खेल्न भोलि नेपाली टोली जिम्बाब्वे उड्ने तयारी गर्दैछ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि भोलि शनिबार जिम्बाब्वे प्रस्तान गर्नेछ ।ta

नेपालले कम्तीमा सुपर सिक्समा पुग्ने लक्ष्य लिएको छ । प्रशिक्षक जगत टमाटाले विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्स भएको बताए । ‘विश्वकप खेल्ने सपना त छ तर, अहिले हाम्रो लक्ष्य सुपर सिक्स हो’ उनले भने । दुई अभ्यास खेलपछि फागुन २० मा घरेलु टोलीविरुद्ध खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । समूह बीमा रहेको नेपालले अफगानिस्तान, हङकङ, स्कटल्याण्ड पनि खेल्नुपर्नेछ । हरेक समूहका तीन शीर्ष टोली सुपर सिक्समा पुग्नेछन् । यदि नेपालले सुपर सिक्समा स्थान बनाउन सक्यो भने समूह एबाट आउने टिमहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । समूह एमा वेष्टइण्डिज, आइरल्याण्ड, नेदरल्याड्स, पपुवा न्यूगिनी र यएई छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७