प्रचण्डले भने, ‘पहिलोपल्ट दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार बन्दैछ’


११ फाल्गुन २०७४, शुक्रबार
prachanda dahal

काठमाण्डौं, ११ फागुन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार गठन भइरहेको बताएका छन् ।prachanda dahal

उनले संघीय समाजवादी फोरम सरकारमा सामेल भई पहिलो पटक कम्युनिष्ट नेतृत्वको सरकार दुई तिहाई बहुमतको बन्न लागेको दावी गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको पार्टी पनि सरकारमा सहभागी भई पहिलो पटक नेपालमा वामपन्थीको नेतृत्वमा दुई तिहाई बहुमतसहितको सरकार बन्न लागेको बताएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले एमालेसँगको पार्टी एकता गर्ने निर्णय जनयुद्ध शुरु गर्नुभन्दा पनि ठूलो उपलब्धि भएको दावीसमेत गरे । प्रचण्डले दुई पार्टीबीचको एकताबाट आम जनतामा खुशी छाउनु ठूलो उपलब्धी भएको बताए । उनले वामपन्थी एकताबाट दक्षिणपन्थी शक्तिहरु आतंकित भएको भन्दै सचेत रहन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७