पोखरेल नेतृत्वमा वहुमतको सरकार गठनको दावीसहित प्रदेश प्रमुखकोमा चार


२९ बैशाख २०७८, बुधबार
Krishna Chandra Nepali 1024x601 1

पोखरा, २९ बैसाख । गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी गर्दै कांग्रेस, माओवादी, जसपा र राजमो गठबन्धनले पत्र बुझाउने तयारी गरेको छ । प्रदेश प्रमुख सीता पौडेल समक्ष बहुमतको दाबी गर्दै पत्र बुझाउने तयारी भइरहेको माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिएका छन् ।

उनका अनुसार चार वटै दलका नेताको उपस्थितिमा रहने छ । सरकार गठनको लागि ३१ जनाको हस्ताक्षर आवश्यक पर्छ । एक जनाको हस्ताक्षर नपुगेर अन्योलमा रहेको गठबन्धनले राजमोका सांसद कृष्ण थापालाई कारबाही गरेपछि सबै दलका नेताले आफ्नो संख्या टिकाउँदै पत्र बुझाउन लागेको चुमानले बताए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) ले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरी प्रदेश प्रमुख सीता पौडेललाई पत्र बुझाउन लागेका हुन् ।

वैशाख २६ मा मुख्यमन्त्री पदबाट पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले बहुमतको दाबी गर्दै ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७