राहत बाँड्न गएका पुरुषहरुबाट नै महिलाको यौन शोषण, एक छाक खान दिएर यौन प्यास मेटिंदै


१६ फाल्गुन २०७४, बुधबार
wpid Photo Nov 16 2015 553 PM 1

काठमाण्डौं, १६ फागुन : सिरियाको राहत क्याम्पमा महिलाहरुको यौन शोषण भएको छ । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्र संघ एवम् अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका छन् ।wpid Photo Nov 16 2015 553 PM 1

राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेको समाचारमा उल्लेख छ । देशको दक्षिण भागमा यो समस्या ब्यापक छ । स्वयम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारी अनुसार महिलामाथिको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् ।

एक राहतकर्मी दावी गर्दै भन्छन्, ‘केही मानवतावादी एजेन्सीले घटनालाई देखे पनि नदेखे जस्तो गरिरहेका छन् ।’ संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।

४० प्रतिशत महिला यौन हिंसाको शिकार

द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भे जुन २०१५ मा सार्वजनिक गरेको थियो जहाँ १९० महिला एवम् युवती सहभागी थिए । रिपोर्टमा उल्लेख भएअनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएको बताएका छन् । कमिटीका प्रवक्ताले भनेका छन्, ‘सर्भेको निष्कर्षअनुसार दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय बनेको छ । जहाँ राहत सामग्रीको बदलामा यौन शोषण गरिन्छ ।’ बीबीसीले यस रिपोर्टलाई १५ जुलाई २०१५ को संयुक्त राष्ट्र संघ जनसंख्या कोषको बैठकमा पेश गरेको थियो । जोर्डनको राजधानी अम्मानमा भएको यस बैठकमा संयुक्त राष्ट्र एवम् अन्तर्राष्ट्रिय संगठनले सहभागिता जनाएका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७