महाकालीमा भारतले विनाअनुमती पुल बनायो, नेपालीले प्रयोग गर्नै पाएनन्


१६ फाल्गुन २०७४, बुधबार
bridge

काठमाडौं: भारतको हेपाहा प्रवृत्ति पहिले देखि नै भोग्दै देख्दै आएका छौँ । प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भारतले सधैँ नेपालमाथि नकारात्मक प्रवृत्ति देखाइरहेका छन् । त्यसको उदाहरण हो नेपालको विना अनुमति महाकालीमा पुल निर्माण गर्नु । भारतले महाकाली नदी माथि विना अनुमति ४ वटा काठे पुल निर्माण गरेको हो । भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो ।

bridge
फाइल तस्बिर

भारतले दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन् । भारतले आफूलाई आवश्यक पर्ने चारवटा अस्थायी काठे पुल निर्माण गरेसँगै लखनपुरमा महाकाली नदी पार गरी नेपाली भूमि भएर तीनवटा डोजर आफ्नो भूमि लगेको छ । डोजरले नेपाली भूमिमा बाटोसमेत खनेको छ । नेपालको तम्बाकु खोलादेखि थिइको भिरको फेदसम्म भारतीय पक्षले पैदल बाटोसमेत निर्माण गरेको व्यास गाउँपालिका बासीले जानकारी दिएका छन् ।

केही महिनापहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल निर्माण गर्दै दादागिरी प्रवृत्ति देखाएको छ । हाल उक्त पुलबाट भारतले सडक निर्माणमा लगाएका मजदुर आवतजावत गर्ने गरेका छन् । भारतले हाल कालापानीसम्म सडक निर्माणका लागि ट्र्याक खोल्ने कार्य गरिरहेको छ । केही समयअगाडि भारतीय प्रशासनले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा हेभी इक्युपमेन्ट (डोजर) ढुवानी गर्न भन्दै पत्रमार्फत अनुरोध गरेको थियो ।

भारतीयको अनुरोधबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ । भने, गृह मन्त्रालयबाट अझै स्वीकृति दिइसेका छैनन् । भारतले लगाउने झोलुंगे पुल तथा बाटो निर्माणका बारेमा आगामी फागुन २१ गते पिथौरागढमा हुने नेपाल र भारतका अधिकारीको समन्वय बैठकमा एजेण्डासमेत बन्नेभएको थियो । काठेपुल निर्माण गरेरनगरेको विषयमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म, दार्चुला र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले अनुगमन गरेपछि पुल निर्माण गरेको पुष्टि भएको हो । भारतीय पक्षले निर्माण गराको पुल नेपालको मानव बस्तीभन्दा माथि छ ।

दुम्लिङभन्दा माथि पुल लगाइएका कारण नेपालीले भने पुल प्रयोग गर्न पाएका छैनन् । व्यासको वडा नम्बर २ को दुम्लिङ बस्तीभन्दा माथि निर्माण गरिएको पुलले नेपालीलाई फाइदा नपुग्ने भन्दै स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, दार्चुलामा पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७