‘अर्को गल्ती नहोस् भनी बन्ध्याकरण गरेकी हुँ ’


१६ फाल्गुन २०७४, बुधबार
garva 1

डोटी, १६ फागुन : डोटीकी एक किशोरीले १८ वर्षको उमेरमा स्थायी बन्ध्याकरण गरेकी छन् । दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका–१ सिमचौरकी मनीषा बोहराले दुई सन्तान जन्माएर फागुन ६ गते स्थायी बन्ध्याकरण गराएकी हुन् । जिल्ला अस्पतालले गाउँमा शिविर सञ्चालन गरेपछि उनी कस्सिएकी हुन् ।garva 1

१३ वर्षको कलिलै उमेरमा विवाह भएको, १४ वर्षमा पहिलो र १७ वर्षमा दोस्रो सन्तान भएपछि आपूmले स्थायी बन्ध्याकरण गरेको बताइन् । ‘सानो उमेरमै दुई सन्तान भइसके, त्योभन्दा बढाउन डर लाग्यो, त्यसैले अप्रेसन गराएँ,’ थपिन्, ‘धेरै सन्तान पाए पाल्न गाह्रो र आफ्नो स्वास्थ्य पनि खतरा हुने डरले बन्ध्याकरण गराएकी हुँ ।’

कानुनले न्यूनतम उमेर २० वर्ष तोकेको भए पनि सानै उमेरमा बिहे गर्नु हुँदैन भन्ने थाहा नभएको उनले बताइन् । भनिन्, ‘आमा बनेपछि मात्रै छिटो बिहे गरेको महसुस भयो । सानैमा विवाह गरेर एउटा गल्ती त भइहाल्यो, धेरै बच्चा जन्माएर अर्को गल्ती नहोस् भनी समयमै बन्ध्याकरण गरेकी हुँ ।’ यो समाचार जनआस्थाले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७