स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल मेडिसिटी अस्पतलाबीच साझेदारी


१६ फाल्गुन २०७४, बुधबार
standar chartard

काठमाडौं,१६ फागुन । स्ट्यान्डर्ड चार्टड बैंक र नेपाल मेडिसिटी हस्पिटलबीच व्यापारिक साझेदारीका विषयमा सम्झौता भएको छ । बैंकका नेपाल प्रमुख जोसेफ सिल्भानुस र अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।standar chartard
प्राथामिकतामा रहेका ग्राहक एवम् डेबिट र क्रेडिट कार्ड ग्राहकहरुका लागि सेवा उपलव्ध गराउने उद्धेश्यसहित सो सम्झौता भएको हो । सम्झौता भएसँगै बैंकका प्राथमिकता प्राप्त ग्राहकहरुलाई विशेष मेडिसिटी प्राइभी प्रोग्राम को निशुल्क सदस्यता उपलव्ध गराइने विज्ञिप्तिमा जनाइएको छ ।

यस्तै अस्पताललले उपलब्ध गराउने विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छूट तथा निशुल्क पहिलो स्वास्थ्य परामर्श, टेली–परामर्श, स्वास्थ्यमा पहुँचसम्बन्धि कुराकानी एवं सचेतता जाँचजस्ता सेवा पाउने समेत जनाइएको छ ।

त्यस्तै मेडिसिटीले नेपालमैं पहिलोपटक प्रिमियम मेडिकल प्याकेज ‘अभिभावकप्रति समर्पित’ पनि सार्वजानिक गर्दैछ । बैंकको अस्पतालसँगको रणनीतिक साझेदारीअन्तर्गत, बैंकका ‘सिल्भर जेनेरेसन’ (विशेष ग्राहक) र उनका अभिभावकहरुलाई विशेष हेरचाहको प्याकेज सेवा निशुल्क प्रदान गरिने जनाइएको छ । बैंकका प्राथमिकताप्राप्त ग्राहकहरुले पनि ‘अभिभावकप्रति समर्पित’ प्याकेजमा ६० प्रतिशतभन्दा बढीको छूट पाउनेछन् ।

सम्झौताअनुसार, बैंकको डेबिट र क्रेडिट कार्ड लिएकाहरुले समेत हस्पिटलले प्रदान गर्ने सेवामा ७ प्रतिशतको छूट पाउनेछन् । यद्यपि, औषधि, उपभोग्य वस्तु, प्रत्यारोपण सामाग्री एवं चिकित्सकको परामर्श शुल्कमा भने यो छूट पाइने छैन ।

हस्ताक्षर कार्यक्रममा अस्पतालका अध्यक्ष डा.उपेन्द्र महतो समेत उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७