अविवाहितले नै गर्दै वर्षमा ३ पटकसम्म गर्भपतन


१६ फाल्गुन २०७४, बुधबार
garva
सांकेतिक तस्वीर

सोलुखुम्बु, १६ फागुन : सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा गर्भपतन सेवा लिन अधिकांश अविवाहित महिला आएको पाइएको छ । गर्भपतन गर्न आउनेमा अविवाहित र कम उमेरका महिलाहरुसमेत रहेका छन् ।garva

अस्पतालका अनुसार एक १३ वर्षीया बालिकाले समेत गर्भपतन गराएकी छन् । जिल्ला अस्पताल फाप्लुका मेडिकल अधिकृत डा. राजेन्द्र बस्नेतका अनुसार एक महिनामा सय जनासम्मले वैधानिक रुपमा गर्भपतन गराएका छन् । त्यसमा विद्यालय तथा क्याम्पस पढ्ने उमेर समूहका किशोरीहरु पनि रहेका उनले जानकारी दिए । अस्पतालमा गर्भपतनका लागि एउटै महिला एक वर्षमा तीन पटकसम्म आएको पाइएको छ । डा. बस्नेतले पछिल्ला दिनमा गर्भपतन सेवा निःशुल्क हुनु, क्याम्पस पढ्ने किशोरीहरुमा यौन कौतुहलता बढी हुनु तथा जिल्लामा सुरक्षित गर्भपतन सम्बन्धी चेतनामूलक कार्यक्रम हुन थालेपछि गर्भपतन गराउनेको संख्या बढेको हो ।

नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया २०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न पाउने व्यवस्था गरिएको छ । जबर्जस्ती करणी र हाडनाता करणीबाट गर्भ बसेमा १८ हप्तासम्मको गर्भ पतन गर्न पाइने व्यवस्था छ । जिल्लामा अवैधानिक रुपमा बिभिन्न तरिकाबाट असुरक्षित गर्भपतन गर्नेको संख्या पनि उच्च रहेको छ । प्रत्येक महिना असुरक्षित तथा अवैधानिक रुपमा गर्भपतन गरी स्थास्थ्य खराब भएर उपचारका लागि ८र९ जना विरामी आउने गरेको मेडिकल अधिकृत बस्नेत बताउँछन् । ग्रामीण भेगमा रहेका स्वास्थ्यकर्मीबाट असुरक्षित गर्भपतन हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७