कुन–कुन जिल्लामा कहिलेसम्म छ निषेधाज्ञा ? (सूचीसहित)


१६ असार २०७८, बुधबार
lock down

काठमाडौं, १६ असार । दोस्रो लहरको कोरोना भाइरस संक्रमण महामारी केहि मत्थर भएसँगै विस्तारै निषेधाज्ञा खुकुलो गरिंदै लगिएको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञालाई केहि खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय भए पनि निषेधाज्ञा भने जारी नै छ । हाल देशका ६८ जिल्लामा जिल्लामा निषेधाज्ञा जारी छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित अधिकांश जिल्लामा यही असार २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय विभिन्न जिल्लामा निषेधाज्ञा क्रमशः खुकुलो बनाउँदै लगिएको छ ।

बैतडी र सिरहामा असार ३१, कास्की, बागलुङ, डडेल्धुरा र स्याङ्जामा असार २५, पर्वत, नुवाकोट र तनहुँमा असार २४, कालीकोट, महोत्तरी र म्याग्दीमा असार २३ सम्म निषेधाज्ञा लम्ब्याइएको छ ।

कैलाली, दाङ, पाल्पा, गुल्मी, रामेछाप, अर्घाखाँची, इलाम, सिन्धुपाल्चोक र धादिङमा असार २२, पर्सा, सल्यान, दार्चुला, प्युठान, डोटी, रोल्पा र रौतहटमा असार २०, गोरखामा असार १९, नवलपरासी पूर्व र धनकुटामा असार १८, केही जिल्लामा असार १७ र र केही जिल्लामा आजसम्म निषेधाज्ञा कायम छ । ती जिल्लामा पनि निषेधाज्ञा थपिन सक्छ । बाजुरा र बारामा भने अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी छ ।
हेर्नुस् कहाँ कहिलेसम्म छ निषेधाज्ञा ?

1 11
2 12
3 7
4 5
5 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७