कार्यकारिणी वैठकअघि महन्थ ठाकुर किन सुटुक्क एक्लै पुगे भारतीय दूतावास ?


१६ असार २०७८, बुधबार
mahantha thakur

काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर काठमाडौंस्थित भारतीय दूतावासको कार्यालय पुगेका छन् । आज मध्यान्ह् करिब साढे १२ बजे उनी एक्लै दूतावासभित्र प्रवेश गरेको स्रोतले जानकारी दिएको छ । पार्टी र मुलुककै राजनीति गम्भीर मोडमा पुगेको बेला ठाकुर भारतीय दूतावास गएका हुन् ।

ठाकुर–महतो समूहको आज कार्यकारी समिति वैठक बस्दै
जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको कार्यकारिणी समितिको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्दैछ ।

बैठकमा निर्वाचन आयोगसँग जोडिएको पार्टीको विवाद र समूहभित्रको असन्तुष्टिका सम्बन्धमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । जसपाको वैधानिकताको विवाद अहिले निर्वाचन आयोगमा छ । जसको दवाब ठाकुर–महतो पक्षलाई बढी नै देखिन्छ । आफ्नै समूहका नेताहरुबीच असन्तुष्टि बढेपछि ठाकुर पक्षमा समस्या चुलिएको छ ।

सर्वोच्च अदालतको गत असार ८ गतेको आदेशले सरकार छोड्न बाध्य हुनुभन्दा अघिदेखि नै ठाकुर–महतो पक्षभित्र असन्तुष्टि बढेको थियो ।
अहिले बाहिर नै प्रकट भइरहेको छ । अर्कातिर पार्टीको विवाद निर्वाचन आयोगले टुंगो लगाउने प्रक्रियामा छिरेर २२ असारमा दुवै पक्षलाई बोलाएको छ । तर, यस विषयमा जसपाको दुबै पक्षले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७