विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा डा. अर्जुन कार्की


१६ असार २०७८, बुधबार
Tribhuwan University TU Photos 8

काठमाडौं, १६ असार । सरकारले विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्षमा डा. अर्जुन कार्कीलाई नियुक्त गरेको छ ।

शिक्षा मन्त्रालयको प्रस्तावमा सरकारले समितिको सदस्यमा डा. अमिना सिंह, डा. असीम ढकाल, डा. विपिनचन्द्र अधिकारी, दिनेश शाह, दोभान राई, संगीता कौशल मिश्र, डा. सूर्यराज आचार्य, डा. उत्तमबाबु श्रेष्ठ, श्रवणकुमार राणालाई नियुक्त गरेको हो ।

यस्तै सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त भएको मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै मन्त्री वसन्त नेम्वाङले जानकारी गराएका छन् । नेपाल इञ्जिनियरिङ परिषदको रजिष्ट्रारमा शिवमंगल गिरी नियुक्त भएका छन् ।

यस्तै योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माण समिति सदस्यमा खड्कबहादुर राई र वंशीधर लामालाई सरकारले नियुक्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७