भारतमा घट्दै कोरोना संक्रमण : पछिल्लो २४ घण्टाभित्र ४८ हजार ८७८ जनामा संक्रमण


१७ असार २०७८, बिहीबार
korona india 1

नयाँदिल्ली, १७ असार । भारतमा पछिल्लो समय दिनहुँ कोरोना संक्रमण र मृत्युदर ओरालो लागिरहेको छ । पछिल्लो २४ घण्टाभित्र भारतमा ४८ हजार ८७८ जना नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९९१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९९ हजार नाघेको छ । संक्रमितमध्ये २ करोड ९४ लाखभन्दा बढी निको भइसकेका छन् भने पाँच लाखभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तीन करोड ४५ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ करिब १३ हजार संक्रमित थपिएका छन् भने २३० जनाको मृत्यु भएको छ । तेस्रोमा रहेको ब्राजिलमा करिब एक करोड ८५ लाख संक्रमित रहेका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित थपिँदा २१ सय २७ को मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७