बैंकिङ कसुरमा ४८ लाख जरिवाना तोकिएका महत काठमाडौंबाट पक्राउ


१७ असार २०७८, बिहीबार
476de7b20fedc6ce3b7178b24a8d0838 w1000 h500 cp

काठमाडौं, १७ असार । प्रहरीले बैंकिङ कसुरका फरार एक प्रतिवादी काठमाडौंबाट पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका–७ का ४६ वर्षीय सानुकाजी महतलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।

२०७६ सालमा महतले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटी दिएका थिए ।

बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ । उनी बिहीबार नै कारागार चलान भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७