भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्यो


१८ असार २०७८, शुक्रबार
korona india 5

नयाँदिल्ली, १८ असार । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार लाखभन्दा बढी पुगेको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या चार लाखभन्दा बढी पुगेको हो । शुक्रबारसम्म चार लाख ३१२ जनाको मृत्यु भएको तथ्यांक छ । हाल भारतमा ५ लाख सक्रिय संक्रमित छन् । पछिल्लो समय यहाँ कोरोनाको प्रभाव कम हुँदै गएको छ ।

कोरोनाबाट संक्रमित हुनेको कुल संख्या भने भारतमा ३ करोड ४ लाख ५८ हजार पुगेको छ । २ करोड ९५ लाख ४८ हजार भने कोरोनामुक्त भएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७