छोराछोरी कुलतमा फसे ? यसो गर्नुस्


१७ फाल्गुन २०७४, बिहीबार
kulat

ड्रग्सको नसामा फस्नु भनेको रोग हो । त्यसैले उपचार गरेमा ड्रग्सबाट छुटाउन पनि सकिन्छ । यसका लागि सबैभन्दा ठूलो कुरा परामर्श हो । व्यक्ति आफूले आफैँलाई नियन्त्रणमा राख्न सक्नुपर्छ । अरूको दबाबमा भने नसा छाड्ने गर्नु हुँदैन ।kulat

सन्तानको कमजोरीलाई अरूसँग तुलना गर्नु हुँदैन । यसो गर्दा उनीहरूमा आत्मविश्वासमा कमी आउन सक्छ । जसका कारण उनीहरू झन् कुलतमा फस्न सक्छन् । सन्तानलाई खराब साथीसंगतबाट छुटाउनुपर्छ । सकेसम्म सन्तानलाई नयाँ वातावरण दिनुपर्छ ।

कुलतमा फसेका छोराछोरीलाई अभिभावकले बढीभन्दा बढी समय दिनुपर्छ । भर्खरै सुरुवात गर्न लागेकाहरूलाई सम्झाएर, बुझाएर पनि सुधार गर्न सकिन्छ । ड्रग्सका विभिन्न स्टेप हुन्छन् । दोस्रो–तेस्रो चरणमा पुगेका मानिसलाई सुधार केन्द्रमै पु¥याउनु पर्ने हुन्छ ।
deepak chapagainsदीपक चापागाईं रिचमन्ड फेलोसिप

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७