१७ वर्षे सन्दिपलाई अर्को सफलता, क्यारेवियन प्रिमियर लिगमा अनुबन्ध


१८ फाल्गुन २०७४, शुक्रबार
sandeep

काठमाण्डौं, १८ फागुन : नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक महत्वपूर्ण सदस्य सन्दिप लामिछाने क्रिकेट वेष्ट इण्डिजको आयोजनामा हुने क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा अनुबन्धित भएका छन् । बिहीबार राति इंग्ल्याण्डमा भएको अक्सनमा सन्दिपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले ५ हजार डलरमा खरिद गरेको हो । फागुन ३ गते नामिवियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन २ मा सर्वाधिक विकेट लिदै सन्दिप म्यान अफ द सिरिज भएका थिए ।sandeep

सन्दिप अनुबन्धित बनेको सेन्ट किड्स एण्ड नेभिस प्याट्रियट्स क्लबमा वेष्ट इण्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेलका साथै क्रिस मोरिस, बेन कटिङ स्यामुअल बद्री, मोहम्मद नाभीलगायतका खेलाडी छन् । इण्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) मा अनुबन्धित भएर चर्चामा आएका सन्दिप क्यारेवियन प्रिमियर लिगमा समेत खेल्ने भएपछि उनको चर्चा झन चुलिएको छ ।

१७ बर्षीय लेग स्पिनर सन्दिप क्यारेवियन लिग खेल्ने पहिलो नेपाली समेत भएका छन् । उनी यसअघि आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । सीपीएलमा ६ फ्रेन्चाइजी टोलीको सहभागिता रहेको छ। प्रतियोगिता अगष्ट ८ देखि सेप्टेम्बर १६ सम्म क्यारेवियन शहरमा हुनेछ । सन्दिप अहिले विश्वकप क्रिकेटको छनोट खेल खेल्न राष्ट्रिय टोलीसँगै जिम्बाब्बेमा रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७