सन्दिप क्यारेबियन प्रिमियर लिगकाे ड्राफ्टमा, २२७ विदेशीभित्र छानिए सन्दिप


१२ फाल्गुन २०७४, शनिबार
sandeep

काठमाण्डौं, १२ फागुन : क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ ।sandeep

सिपिएलले जनाए अनुसार कूल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । त्यस्तै इङ्ल्यान्ड, दक्षिण अफ्रीका, न्यू जिल्यान्ड, अष्ट्रेलिया, बंगलादेश, जिम्बावे, अफगानिस्तान, आयरल्यान्ड, क्यानाडा, अमेरिका, ओमान, हङकङ, स्कटल्यान्ड, नेपाल, युएई र केन्याका खेलाडी पनि छन् ,’ सिपिएलको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्तिमा नेपालको कति वा कुन खेलाडीले नाम दर्ता गरेको सार्वजनिक नभए पनि सन्दिपको नाम रहेको भने बुझिएको छ । ‘ठोस जानकारी नभए पनि सन्दिपको नाम नै दर्ता भएको हुनुपर्छ । उनको पाकिस्तानी एजेन्ट हाल वेस्ट इन्डिजमा रहेकाले एजेन्टले सन्दिपको नाम दर्ता गरेको हुनुपर्छ ,’ राष्ट्रिय क्रिकेट टोलीका व्यवस्थापक रम शिवाकोटीले भने, ‘यस बारे पूर्ण जानकारी आउन भने बाँकी छ ।‘ सन्दिप लामिछाने यसअघि पाकिस्तान सुपर लिग र बंगलादेश प्रिमियर लिगको ड्राफ्टमा पनि परेका थिए भने आउँदो इन्डियन प्रिमियर लिग आइपिएलका लागि उनी दिल्ली डेयरडेबिल्ससँग आबद्ध छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७