एमाले-माओवादी सांसदको प्रशिक्षणमा एकताको उमंग (फोटो फिचर)
काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित भएका र छानिएका सांसदहरुले पहिलोपटक सांसद भएको अनुभुती गरे । नयाँ पोशाकमा ठाटिएर शनिबार संघीय संसद भवन पुगेका सांसदहरुमा उत्साह निकै देखिन्थ्यो । शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा आयोजित एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त प्रशिक्षणमा आएका सांसदमा निकै उत्साह र खुसी देखियो ।
नवनिर्वाचित सांसदहरुको शपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै दलका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रशिक्षण दिए । संघीय संसद्मा दुई दलका कूल २१४ सांसद छन् ।
हेनुहोस् फोटो फिचर :-
तस्बिर : रासस र सामाजिक सञ्जाल