अगस्टको अन्त्यसम्म माल्दिभ्सका ९० प्रतिशतलाई खोप लगाइसक्ने तयारी


२१ श्रावण २०७८, बिहीबार
9fb47400 c804 11eb abd7 968778b4e0e7

काठमाडौं, २१ साउन । माल्दिभ्सका राष्ट्रपति इब्राहिम सोलिहले जतिसक्दो चाँडो सबै नागरिकलाई खोप लगाइसक्न सम्बन्धित मन्त्रीलाई निर्देशन दिएका छन् ।

कोरोना भाइरसको महामारीका कारण थप मानवीय क्षति हुन नदिनका लागि खोप लगाउने अभियानलाई तीव्रता दिन उनले आग्रह गरेका छन् । राष्ट्रपति सोलिहले सरकारी निकायका सबैलाई उच्च प्राथमिकताका साथ कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

राष्ट्रपति कार्यालयद्वारा सोमबार जारी निर्देशनमा सरकारी सबै कर्मचारीलाई यही अगस्ट १५ सम्मका कम्तीमा एउटा खोप लगाइसक्न आग्रह गरिएको छ । जनस्वास्थ्य महानिर्देशक मैमुना अबुबाकुरले पनि खोप अभियानमा सहयोग गर्न सरकारी संस्था तथा निकाय, कम्पनीलगायतलाई अनुरोध गरेका छन् ।

माल्दिभ्समा कोरोना भाइसविरुद्धको खोप लगाउने अभियान गत फेब्रुअरीदेखि नै सुरु भए पनि पूरा हुन सकेको छैन । यही अगस्टको अन्त्यसम्ममा खोप लगाउन योग्य कम्तीमा पनि ९० प्रतिशतलाई खोप लगाइसक्ने उद्देश्य राखिएको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म खोप लगाउन योग्य ७० प्रतिशतले भने खोप लगाइसकेका छन् ।

देशभरिका तीन लाख २५ हजार ६० जनाले पहिलो मात्रै खोप लगाएका छन् भने दुई लाख ७४ हजार ९४९ जनाले दुवै खोप लगाएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७