३,२१८ जनामा कोरोना संक्रमण, १,७२२ जना निको, १९ को मृत्यु


२३ श्रावण २०७८, शनिबार
korona

काठमाडौं, २३ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३,५७३ जनामा गरिएको परीक्षणमा ३,२१८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप १,७२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २७० छ । मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४३२ रहेको छ ।

अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । हालसम्म ३६ लाख ७४ हजार ७०१ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४३२ रहेको छ भने ४४३ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७