चीनबाट आज आठ लाख डोज भेरोसेल खोप आउँदै, सात लाख एस्ट्राजेनेका साताभित्रै


२ भाद्र २०७८, बुधबार
nepal airlines korona

काठमाडौं, २ भदौं । नेपालमा खरिद तथा अनुदानका खोप धमाधम आउने क्रम बढेको छ । तीमध्ये नेपालले चीनसँग खरिद गरेको आठ लाख डोज भेरोसेल खोप आज (बुधबार) नेपाल आइपुग्ने भएको छ भने थप ८ लाख डोज खोप भोलि नेपाल आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट दुई दिनभित्र १६ लाख डोज खोप आउने र बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने छ ।

यस्तै जापानले कोभ्याक्समार्फत उपलब्ध गराएको १६ लाख डोज खोपमध्ये बाँकी सात लाख डोज खोप भदौ ५ र ७ गते आउने नेपाल आउने भएको छ ।

नेपालमा अहिलेसम्म बिभिन्न मुलुकबाट २४ लाख ४८ हजार कोभिसिल्ड, ५८ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १० लाख ७७ हजार ३२० डोज एस्ट्राजेनेका गरी एक करोड ८ आठ लाख ६० हजार १७० डोज खोप आइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७