३,०४२ जनामा कोरोना संक्रमण, २,२४४ जना निको, २६ को मृत्यु


४ भाद्र २०७८, शुक्रबार
korona

काठमाडौं, ४ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,०४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३,०२४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५३० जनाको पिअिसार परीक्षण गर्दा २,०७९ र ७,१२४ जनाको एन्टीजेन परीक्षण गर्दा ९६३ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,२४४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २६ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर ४० हजार ३०९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३६ हजार ९२२ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा ३,३८७ भने ७१४ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ४४६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७