त्रिपुरामा भड्कियो हिंसा, लेनिनको शालिकमा लगाइयो डोजर


२२ फाल्गुन २०७४, मंगलवार
lenin 1

काठमाडौं, २२ फागुन : विधानसभाको निर्वाचनपछि भारतको त्रिपुरा राज्यमा हिंसा भड्किएको छ । कम्युनिष्टको किल्ला मानिएको त्रिपुरामा भारतीय जनता पार्टी बिजेपीले चुनाव जितेपछि हिंसा भड्किएको हो । बिजेपीका कार्यकर्ताले रुसी क्रान्तिका नायक लेनिनको शालिक तोडफोड गरेका छन् ।lenin 1

लेनिनको शालिक तोडफोड भएपछि वामपन्थी दलहरु प्रतिकारमा उत्रिएका छन् । चुनावी परिणामपछि त्रिपुरा राज्यका विभिन्न ठाउँमा तोडफोड र मारपिी भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्रिपुरामा वाम सरकारको २१ वर्ष पूरा भएको अवसरमा त्यहाँ लेनिनको शालिक बनाइएको थियो । ११ दशमलव ५ फिट अग्लो शालिक बनाउन ३ लाख रुपैयाँभन्दा बढी लागेको थियो ।

त्रिपुरा राज्यका एसपी कमल चक्रवर्तीले बिजेपीका समर्थकले डोजर लगाएर लेनिनको शालिक ढालेको बताएका छन् । त्यसक्रममा प्रहरीले डोजरसहित चालकलाई पक्राउ गरेको छ । यो राज्यमा २५ वर्षदेखि कम्युनिष्ट पार्टी सिपीआई (एम) सत्तामा रहँदै आएको थियो । तर, हालै भएको विधानसभा निर्वाचनमा भने भारतीय जनता पार्टीले बहुमत ल्याएको छ । हिँसा अझै बढ्न नदिन भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७