२,४३३ जनामा कोरोना संक्रमण, १,९२९ जना निको, २६ को मृत्यु


१० भाद्र २०७८, बिहीबार
korona birami butwal

काठमाडौं, १० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ३७४ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १,९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको छ ।

यस्तै संक्रमितमध्ये ७ लाख ५ हजार ८९३ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ । हाल देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७