२,०६५ मा कोरोना संक्रमण, २,३३७ जना निको, २५ को मृत्यु


११ भाद्र २०७८, शुक्रबार
korona

काठमाडौं, ११ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २,०६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार ८,७५२ जनाको पिअिसार परीक्षण गर्दा १,५७७ र ४,३६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४८८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ । देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तीमध्ये ३४ हजार ६७६ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २,९२३ संक्रमित छन् भने ६२२ जना आइसियुमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३६७ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४५४, कास्कीमा १८१, ललितपुरमा १६९, मोरङमा ११२ र भक्तपुरमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै मकवानपुरमा ५५, सुनसरीमा ५४, रुपन्देहीमा ५०, काभ्रेपलाञ्चोकमा ४६, चितवनमा ४५, झापामा ३३, स्याङजामा २९, नुवाकोटमा २३, जुम्लामा २१, दोलखामा १८, बाँकेमा ११ तथा धादिङ र सिन्धुलीमा १०-१० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७