विश्वमा पहिलोपल्ट हरिणमा कोरोना संक्रमण


१२ भाद्र २०७८, शनिबार
harin

काठमाडौं, १२ भदौं । अमेरिकी सरकारले विश्वमा पहिलो पटक हरिणमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । अमेरिकी कृषिविज्ञान विभागले ओहिओ प्रान्तमा जङ्गली जनावर हरिणको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

यद्यपि, हरिणमा कोरोनाको कुनै लक्षण नरहेको अधिकारीलाई उद्दृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । यसअघि कुकुर, बिरालो, बाघ, सिंह, हिमचितुवा, गुरिल्ला, लोखर्केमा कोरोना संक्रमण पुष्टि भइसकेको रोयटर्सले उल्लेख गरेको छ । विश्वभर मान्छेसँग नजिक भएका जनावरमा संक्रमण देखिने गरेको पनि वताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७