जातीय दंगापछि श्रीलंकामा संकटकाल


२२ फाल्गुन २०७४, मंगलवार
emergency Shri Lanka

काठमाडौं, २२ फागुन : दुई समुदायबीचको सम्प्रदायिक दंगापछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । सिंहाली बुद्धिष्ट र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंका सरकारले पहिलो पटक देशभर संकटकाल घोषणा गरिएको हो ।

बौद्धमार्गी सिंहला समुदायको बाहु्ल्य रहेको क्यान्डी सहरमा मुसलमानहरूका पसलमा तोडफोड र आगजनी गरिएपछि पुनः तनाव भएको हो । एउटा जलेको भवनबाहिर एक जना मुसलमान युवाको शव फेला परेपछि श्रीलंकाका अधिकारीहरूले प्रत्याक्रमण हुन सक्ने आशंका व्यक्त गरेका छन्।

गत हप्ता सडकमा भएको एउटा विवादमा केही मुसलमानहरूले एक जना बौद्धमार्गी पुरुषलाई पिटेका थिए। पछि उनको मृत्यु भएको थियो। तत्पश्चात् दुई सम्प्रदायबीच तनाब बढेको थियो।

सन् २०१२ देखि श्रीलंकामा तनाव बढेको छ। चरमपन्थी बौद्धमार्गीहरूको एउटा समूह बीबीएसलाई तनाव बढाएको आरोप लाग्ने गरेको छ। श्रीलंकाको कुल जनसंख्या दुई करोड १० लाख रहेको बताइन्छ। त्यसमा ७० प्रतिशत बौद्धमार्गी र नौ प्रतिशत मुसलमान रहेका छन्।

तस्बिरहरु : द गार्जियन

 

sri Lanka declares state of emergency after communal violence

emergency Shri Lanka

emergency

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७