१,६६४ मा कोरोना संक्रमण, १,७८६ जना निको, २० को मृत्यु


१५ भाद्र २०७८, मंगलवार
korona

काठमाडौं, १५ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा १,२६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार २२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा १,०६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ९,११७ जनाको पिअिसार परीक्षण गर्दा १,५२३ र ३,१०५ जनाको एन्टीजेन परीक्षण गर्दा १४१ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर १,७८६ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ । देशभर ३५ हजार ५९१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३३ हजार २१४ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २,३७७ संक्रमित छन् भने ५३७ जना आइसियुमा र १६४ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३२९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७