सिरियामा सैनिक विमान दुर्घटना ३९ जनाको मृत्यु


२३ फाल्गुन २०७४, बुधबार
1520402455russ

काठमाडौं, २३ फागुन : रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ । काठमाडौं, फागुन २३ । रुसको सैनिक विमान सिरियामा दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको छ ।1520402455russ

विमानमा चालक दलका ६ सदस्यसहित ३९ जनाको मृत्यु भएको हो । पश्चिमी सिरियास्थित रुसी पक्षले प्रयोग गर्दै आएको तटीय शहर लाताकिया नजिकै हेमिमिममा हवाई मैदानमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको हो । विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि जमिनमा धसिएको बताइएको छ । प्राविधिक त्रुटीका कारण विमान दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले विमान दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने जनाएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुने सैनिकप्रति समवेदना प्रकट गरेका छन् । सिरियामा गत फेब्रअरी ३ मा पनि बिमान दुर्घटना भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७