२,००४ जनामा कोरोना संक्रमण, १,८४६ जना निको, १६ को मृत्यु


१७ भाद्र २०७८, बिहीबार
korona

काठमाडौं, १७ भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,००४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,८४६ रहेको छ भने १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन् ।

देशभर ३३ हजार ९३४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार ६१९ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २,३२७ संक्रमित छन् भने ५४४ जना आइसियुमा र १६६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । देशभर ३०२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७