काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोलिने


२१ भाद्र २०७८, सोमबार
school

काठमाडौं, २१ भदौं । असोज १ गतेदेखि काठमाडौंमा भौतिक रुपमै विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने छ । शैक्षिक संस्था खोल्नेबारे प्रशासन र स्थानीय तहबीच सहमति भएको हो । हाल अनलाइनमार्फत पठनपाठन हुँदै आएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरोकारवालाको बैठकले स्थानीय तहमा कोरोना संक्रमण र जोखिमको अवस्थाबारे जानकारी लिने र त्यस आधारमा विद्यालय खुलाउन अनुमति दिने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार भदौ मसान्तसम्म स्थानीय तहका शिक्षा शाखाले कोभिड–१९ संक्रमणको अवस्था, शिक्षक–कर्मचारीले खोप लगाए नलाएको विवरण र विद्यालय सञ्चालनको ढाँचा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मा पेश गर्नुपर्नेछ । त्यसको आधारमा डीसीसीएमसीले विद्यालय खुलाउने अनमुति दिने उनले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७