काठमाडौंसहित २३ जिल्ला अझै साक्षर घोषणा हुन बाँकी (सूचीसहित)


२३ भाद्र २०७८, बुधबार
proud class
फाइल फोटो

काठमाडौं, २३ भदौं । आज ८ सेप्टेम्बर अर्थात् ५५ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस । नेपालमा १५ वर्षभन्दा माथिको कुल जनसंख्याको ६७.९ प्रतिशत साक्षर रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ । जसमा महिला ५९.७ र पुरुष ७८.६ प्रतिशत छन् ।

नेपालमा ७७ मध्ये ५४ जिल्ला मात्र पूर्ण साक्षर घोषणा भएका छन् । अझै २३ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । हालै मात्र काठमाडौं महानगरपालिकालाई साक्षर घोषणा गरिएको थियो ।
साक्षर घोषणा हुन बाँकी २३ जिल्ला यी हुन्
प्रदेश–१ को ताप्लेजुङ र सोलुखुम्बु साक्षर घोषणा हुन बाँकी छन् भने बागमती प्रदेशमा काठमाडौं अझै साक्षर घोषणा भएको छैन । जबकि काठमाडौं देशमै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला मात्र होइन मुलुककै राजधानी पनि हो । नेपालको पहिलो महानगरपालिका काठमाडौं पनि गत साता मात्र साक्षर घोषणा भएको थियो ।

यसैगरी, प्रदेश–२ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्ला अझै साक्षर घोषणा हुन सकेका छैनन् । लुम्बिनीमा कपिलवस्तु र बाँके, कर्णालीमा मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा तथा सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डोटी, बाजुरा र बझाङ साक्षर घोषणा हुन सकेका छैनन् । यी २३ जिल्लाका २७० मध्ये २१८ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७