कहिले बाहिरिएला मनसुन ? आज कहाँ–कहाँ छ बर्षाको सम्भावना ?


१६ आश्विन २०७८, शनिबार
kathamandu

काठमाडौं, १६ असोज । वर्षा याम शुरु गराउने मौसमी प्रणाली मनसुन नेपालबाट बाहिरिनु पर्ने सामान्य मिति आज अर्थात् अक्टोबर २ तारिख हो, तर मनसुन अझै केही दिन रहने देखिएको मौसमविद्ले बताएका छन् ।

मौसम पूवानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिलेसम्मको अनुमानमा कम्तीमा अरू ती दिन सोमबारसम्म मनसुन बाहिरिने छाँटकाँट देखिएको छैन । नेपालबाट मनसुन बाहिरिने औसत मिति आज अक्टोबर २ भए पनि यस पटक केही लम्बिएको हो ।

मौसमविद् नगरकोटीका अनुसार अहिले प्रदेश–१, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको छ । ‘कतै हल्का, कतै छिटफुट र कतै मध्यमसम्म वर्षा भइरहेको छ’, मौसमविद् नगरकोटीले भनिन्, ‘बिहानै काठमाडौंमा पनि छिटफुट वर्षा भएको थियो तर अहिले रोकिएको छ ।’
उनका अनुसार आज दिउँसो वा अपराह्नतिर काठमाडौंमा मध्यमसम्म वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो (भन्नाले बिहान १०-११ बजेदेखि साँझ ६ बजेसम्मलाई बुझ्नुपर्छ) मौसम देशभर आंशिक (धेरै आकाश खुला, थोरैमा बादल) देखि सामान्य (धेरै आकाश बादलले ढाकेको, थोरै खुला) बदली हुनेछ भने प्रदेश–२ का धेरै र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही प्रदेश १ र २ का धेरै र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा प्रदेश–१ र २ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लखे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७