ट्रकको ठक्करबाट विद्यार्थी नेताको गयो ज्यान


१६ आश्विन २०७८, शनिबार

रौतहट, १६ असोज । पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठक्करबाट एक युवकको ज्यान गएको छ । गए राति भएको दुर्घटनामा चन्द्रपुर नपा–२ जुडिवेलाका सोनालाल चौधरीको ज्यान गएको हो ।

गए राति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जाने क्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकल लाई ठक्कर दिएको थियो । युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो ।

मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन् । ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७