अपहरणमा परेका बालकको भारतबाट सकुशल उद्धार


२२ आश्विन २०७८, शुक्रबार

सुनसरी, २२ असोज । बिहीबार अपहरणमा परेका बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार दिउँसो करिव ३ बजे सुनसरीको कोशी गाउँपालिका–७ नेपाल भारत सीमा नजिकैबाट अपहरणमा परेका सोही ठाउँका १३ वर्षीय दिपेन सदालाई सकुशल उद्धार गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

उनलाई भारत सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर ६ बैरयाकमालबाट भारतीय प्रहरीको सहयोगमा शुक्रबार बिहान करिव २ बजे उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उनलाई नेपाल ल्याएको छ ।
देश भारत सुपौल जिल्ला, ग्राम पंचायत बलबदैपुर ६ बैरयाकमाल बस्ने मुकुम मियाँ समेतको संलग्नतामा बालकको अपहरण भएको खुलेको छ । मुकुम मियाँ नेपालबाट भारततर्फ नेपाली ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेकदार समेत हुन् ।

मिँयालाई नेपाली कामदारहरु १५-२० जनाको संख्यामा उपलब्ध गराई दिन्छु भनि नेपाल तर्फ सुनसरी जिल्ला कोशी गाउँपालिका ७ बस्ने भुल्टन सदा लगाएत ५ जनाले अग्रिम दुईलाख पैसा भुक्तानी लिई कामदार नपठाएको र मकुम मियाँको सम्पर्कमा समेत नगएकाले मकुम मियाँलगायतको समूहले भुल्टन सदाको गाउँकै बालक दिपेन सदालाई अपहरण गरी लगेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

अपहरणको क्रममा निज मकुम मियाँ समेतको समूह २ वटा मोटरसाइकल लिई आई बालकलाई मोटरसाइकलको बीचमा राखी नेपालबाट भारततर्फ अन्दाजी ३५ किलोमोटर पूर्व–दक्षिण निज मकुम मियाँकै घरमा लगी राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

अपहरण पश्चात निज बालकलाई कुटपटि समेत गरेको पीडित बालकले बताएका छन् । अपहरणमुक्त भएका बालकलाई आमा र बुवाको जिम्मा लगाएको छ । थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।
आयोगले मान्यता दिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७