आज कस्तो रहन्छ मौसम ?


२४ आश्विन २०७८, आईतवार
kathamandu

काठमाडौं, २४ असोज । आज (आइतबार) बिहान देशभर सामान्यतया सफादेखि आंशिक बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश–१ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैबीच, औसतभन्दा केही पछिसम्म रहेको मनसुन सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७