प्रधानन्यायाधीश विवादमा एमाले बोल्दैन : ओली

‘न्यायालय, संसदमा तमासा भइरहेको छ’


९ कार्तिक २०७८, मंगलवार
kdfmkkgm1635221771

काठमाडौं, ९ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालय र संसदा ‘तमासा भइरहेको’ टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका विषयमा जारी विवादबारे आफ्नो पार्टी नबोल्ने बताएका छन् ।

ओलीले न्यायालयभित्रको ‘दाउपेच’ मा आफूहरू नपस्ने बताएका हुन् । अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्त बमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए । मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालत जस्ता ठाउँमा हुनु हुँदैन ।’ ‘परमादेशअघिकै सेटिङ’ का कारण तमासा भइरहेको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने-नपर्ने विषयमा भने एमालेको कतैपट्टि पक्षधरता नरहेको उनले स्पष्ट पारेका छन् । अर्को प्रसङ्गमा उनले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए ।

‘हामी सरकारमा हुँदा एक जना उभियो संसदमा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो’, उनले भने, ‘अहिले नेकपा (एमाले) जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा त छँदै छ नि !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७