लगातार तापक्रम घट्दै, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान


१३ कार्तिक २०७८, शनिबार
kathamandu scaled

काठमाडौं, १३ कात्तिक । केही दिनयता लगातार देशभरको तापक्रम घट्दै गएको छ । आज (शनिबार) बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको तुलनामा झण्डै दुई डिग्री सेल्सियसले कम हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो । अस्ती १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकोमा बुधवार १३ दशमलव ५ डिग्री सेल्सियस थियो ।

देशका अरु ठाउँमा पनि चिसो बिस्तारै बढ्दै गएको मौसमविद्ले बताएका छन् । ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्‍याे भने एक्कासी न्यूनतम तापक्रम कम भएर चिसो ह्वात्तै बढ्न सक्ने मौसमविद् सजिना शाक्यले बताइन् । तर अहिले पानी पार्ने कुनै प्रणाली नदेखिएकाले तत्काल पानी पर्ने र ह्वात्तै चिसो बढ्ने सम्भावना भने छैन । एक, दुई डिग्री सेल्सियसले तापक्रम घट्दै गएको भए पनि चिसो अनुभव हुन थालेको छ ।

बिहान हुस्सु तथा कुहिरो लाग्न थालेको छ । आज पनि काठमाडौंसहित देशका केही पहाडी भेगमा हुस्सु लागेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देखि सोमबारसम्मको सम्भावित मौसमको विवरण सार्वजनिक गरेको छ ।
महाशाखाले अघि बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशको पहाडी तथा हिमाली भेगमा आंशिक बदली र बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।
महाशाखाद्वारा सार्वजनिक आजसमेत ३ दिनको मौसम अनुमान यस्तो छ–

शनिबार (आज)
दिउँसो – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आइतबार
दिउँसो – प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१ , बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति – प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
सोमबार
दिउँसो – प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति –प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७