कांग्रेसप्रति ओलीको कटाक्ष : बुढो भयो, महाधिवेशन गर्ने समेत क्षमता छैन


१३ कार्तिक २०७८, शनिबार
kpolinew123 4IF0qTfKdZ

काठमाडौं, १३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको क्षमतामा प्रश्न उठाएका छन् । पाँच वर्षमा गर्नुपर्ने महाधिवेशन अझै नगरेको भन्दै अध्यक्ष ओलीले कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताए ।

आज (शनिबार) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, ‘पाँच वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ । बाँकी, बाँकी नै छ ।’ मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेसमा समाप्त भइसक्यो ।’

उनले कांग्रेस कमजोर बनिसकेको बताउँदै भने, ‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन । महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’ एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ । एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७