इजलासमा फर्किए सर्वोच्चका न्यायाधीश


१५ कार्तिक २०७८, सोमबार
supreme court Nepal

काठमाडौं, कात्तिक : प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा उत्रिका न्यायाधीशहरू इजलास फर्किएका छन् । कात्तिक ८ देखि आन्दोलनरत न्यायाधीशहरू आजबाट इजलास प्रवेश गरेका हुन् ।

गत आइतवार ८ कात्तिक देखि आन्दोलनरत न्यायाधीशहरुले इजलास बहिष्कार गरेको एक सातापछि फर्किएर मुद्दाको सुनुवाइ गरेका हुन्।प्रधानन्यायाधीश जबराविरुद्ध आन्दोलनमा उत्रिएका न्यायाधीशहरुले इजलासमा फर्किएर बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गरेका हुन् ।

प्रधानन्यायाधीशले आज पेसी तोक्दा बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा स्थगित गरेका थिए । आज बन्दी प्रत्यक्षीकरण मुद्दा सुनुवाइका लागि ६ वटा इजलास गठन गरिएका छन् ।

६ वटामध्ये न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बन्दी प्रत्यक्षीकरणको मुद्दामा कारण देखाऊ आदेश जारी गरिसकेको छ । बाँकी ५ वटा संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको सुनुवाइ भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७