एमालेले बोलायो संसदीय दलको बैठक


२ जेष्ठ २०८१, बुधबार
kp oli 2

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने बताइएको छ ।

संघीय संसद्का दुवै सदनमा हिजो राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण संसद्ले धन्यवाद प्रस्ताव समेत पारित भएन ।

कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई छानबिनको दायरामा ल्याउनुपर्ने र त्यसकालागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले छानबिन समिति गठन गर्न आवश्यक नभएको भन्दै अडान लिँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७