विष्णुकुमार ढकाल राखेपको सदस्य सचिव नियुक्त


१६ कार्तिक २०७८, मंगलवार
Rakhepa

काठमाडौं, १६ कात्तिक । विष्णुकुमार ढकाल राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७