आज भाइटीकाको दिन कस्तो रहला मौसम ?


२० कार्तिक २०७८, शनिबार
kathamandu upatiyaka scaled

काठमाडौं, २० कात्तिक । आज (शनिबार) तिहारको भाइटीका । भाइटीकाका दिन यात्रामा निस्किन लागेकाहरुलाई आजको मौसम कस्तो रहला भन्ने चासो छ । आज हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशका प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । अन्य प्रदेशमा मौसम सफा रहने छ । आज राति देशभर आंशिक बदली रहने छ । गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । हिमपात हुने भएकाले आवश्यक सतर्क हुने विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७