ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङसम्बन्धी अभियान सुरु


२९ कार्तिक २०७८, सोमबार
global1636881961

काठमाडौं, २८ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार गर्न देशव्यापी वित्तीय साक्षरता अभियान सुरु गरेको छ।

बैंकले सनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितीमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको सुरु गरेको हो।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकको छ। उक्त अभियानका लागि

बैंकले आफ्ना २८६ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरी ग्राहक तथा स्थानीयवासी लाभान्वित बनाउने जनाएको छ।

अहिले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाबारे जानकारी दिन जरुरी रहेको बैंकले जनाएको छ।
यस्तो कार्यक्रमको आयोजना गरेकोमा स्थानीयले बैंकलाई धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७