प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो


३० कार्तिक २०७८, मंगलवार
rajendra mahato
फाइल फोटो

वीरगञ्ज, ३० कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले निकासका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।

मंगलबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जनताले न्याय नपाउनुको कारण प्रधानन्यायाधीश नै भएको ठहर गर्दै राणाले निकास दिनुपर्ने बताए । अदालत नचलेकाले जनताले न्याय नपाएको उनको भनाइ थियो ।

कानून व्यवसायी आन्दोलनमा हुँदा प्रधानन्यायाधीश मौन बस्नु राम्रो नभएको नेता महतोले बताए । न्यायालय असफल हुनु भनेको देश असफल भएको बताउँदै उनले न्यायालयको गरिमा जोगाउनकै लागि भए पनि राणाले राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७