प्रधानन्यायाधीशकाे राजीनामा मात्र होइन, विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ : चण्डेश्वर


१ मंसिर २०७८, बुधबार
chandeshwor bar

काठमाडौं, १ मंसिर । काननु व्यवसायीहरुले आफ्नो आन्दोलन अदालतभित्रको गतिरोध निकासका लागि भएकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहिरगमनको बाटो रोज्नुपर्ने बताएका छन् । उनीहरुले प्रधानन्यायाधीशले जतिसक्यो चाँडो राजीनामा दिएर सर्वोच्च छोड्न आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध बुधबार सर्वोच्च परिसरमा धर्नामा बसेका कानुन व्यवसायीहरुले तत्काल राजीनामा दिएर बहिरगमनको बाटो रोज्नुपर्ने बताएका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय क्षेत्रको बिसंगति हटाउन आफूहरु लागिपरेकाले भ्रष्टाचारी प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताए । उनले प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन नरोकिने समेत बताएका हुन् ।

उनले भने, ‘हरिकृष्ण कार्कीको प्रतिवेदन नचाहने प्रधानन्यायाधीश बिचौलिया हुन् । राजीनामा मात्रै होइन विकृति नहट्दासम्म आन्दोलन जारी रहन्छ । आन्दोलनको मोडेल फरक हुन्छ । राजीनामा अपरिहार्य छ ।’ ईश्वरी प्रसाद अधिकारीले प्रधानन्यायाधीशलाई सहज ढंगले कुर्सी छोडिदिन आग्रह गरे। उनले भने, ‘सहज ढंगले कुर्सी छोडिदिनुहोस्, तपाईंलाई गलत गरेको लाग्दैन भने समीक्षा गर्न दिनुस् ।’

उनले मंसिर ३ गतेभित्र बहिर्गमन भएन भने देशभरका अदालत आन्दोलित केन्द्रित हुने र त्यो दबाब प्रधानन्यायाधीशले थेग्न नसक्ने चेतावनी दिए । उनले भने, ‘राजीनमा आएन भने अन्य पेशागतहरु पनि आन्दोलनमा आउने छन् । त्यो समयमा तपाईंले थेग्न सक्नु हुने छैन ।’ यस्तै अधिवक्ता शंकर सुवेदीले प्रधानन्यायाधीविरुद्ध नागरिक समाज, पूर्व न्यायफोरमले महाअभियोग लगाउने आधार दिइसकेको छ बताए । ‘संसदको सिमित संख्याले भन्दा जनताले महाअभियोग लगाइसकेको छ । न्यायपालिकामा चोलेन्द्रको राजीनामा मात्र हाम्रो माग होइन । यो शुद्धीकरणको पहिलो खुड्किलो हो,’ उनले भने ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७