प्रधानन्यायाधीशले बोलाए ‘फुलकोर्ट’ बैठक


२ मंसिर २०७८, बिहीबार
sarbochha 1

काठमाडौं, २ मंसिर । सर्वोच्च अदालतमा कात्तिक ८ देखि जारी गतिरोध लम्बिँदै गइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बिहीबार) पूर्ण वैठक ‘फुलकोर्ट’ बैठक बोलाएका छन् ।

सर्वोच्च अदालतमा आफूविरुद्धको आन्दोलन शिथिल हुने अवस्था नदेखेपछि निकासका विकल्प खोज्न जबराले फुलकोर्ट बैठक बोलाएका हुन् । यो बैठकमा जबराले सर्वोच्चमा हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनबारे निर्णय लिन सक्ने बताइएको छ ।

सर्वोच्च अदालतमा आन्दोलनरत १३ न्यायाधीशहरू ‘फुलकोर्ट’ बोलाउन तयार भएका थिए । यसअघि नेपाल बार एशोसिएसनले जबरालाई शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम दिए थियो । तर बिहीबार बिहान जबरालाई रोक्न खोज्दा बारका सदस्य र प्रहरीबीच झडप हुँदा २० बढी घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७