प्रधानन्यायाधीशले डाकेको ‘फुलकोर्ट’ शुरू

‘गोलाप्रथाको नाममा प्रधानन्यायाधीशलाई वैधता दिन खोजे मान्य हुन्न’


२ मंसिर २०७८, बिहीबार
sarbochha 1

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले डाकेको पूर्ण वैडक (फुलकोर्ट) शुरु भएको छ । केहीबेर अघिदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक शुरु भएको हो ।

बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्टमा असन्तुष्ट १८ जना न्यायाधीश पनि सहभागी रहेको बताइएको छ ।
प्रधानन्यायाधीशले गोलाप्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै उनीहरू बैठकमा उपस्थित हुन तयार भएका हुन् ।
‘गोलाप्रथाको नाममा प्रधानन्यायाधीशलाई वैधता दिन खोजे मान्य हुन्न’
सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले गोला प्रथा वा कुनै नाममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई वैधता दिने प्रयास भए मान्य नहुने चेतावनी दिएका छन् ।

बिहीबार नेपाल बार परिसरमा आयोजित कार्यक्रममा उनले प्रधानन्यायाधीश जबरा डुब्दै गरेको घाम भन्दै उनलाई साथ दिनेहरु पनि डुब्ने दावी गरेका हुन् । सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकेर मुद्दाको सुनुवाइ गर्ने विषयमा न्यायाधीशहरुबीच छलफल भइरहेका बेला अन्दोलनरत कानुन व्यवसायीका तर्फबाट अध्यक्ष शाक्यले प्रधानन्यायाधीशलाई बल पुग्ने गरी कुनै कदम चालेमा स्वीकार्य नहुने बताए ।

‘तपाईंको प्रक्रियाबाट प्रधानन्यायाधीशलाई वैधता पुग्ने काम नहोस् । प्रधानन्यायाधीशले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुनेछ’ शाक्यले भने, ‘गरिब जनताको नाममा सुनुवाइ गर्ने भनेर वैधता दिने प्रयास भए सह्य हुँदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७